लक्ष्मी बैंकले प्रस्ताव गर्यो १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद

काठमाडौं । लक्ष्मी बैंक लि ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरहोल्डरहरुलाई १० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले कर प्रयोजनका लागि पनि शुन्य दशमलव ५३ प्रतिशत नगद लाभांश बितरण गर्ने भएको छ ।

सो कुराको प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड २४ लाख १२ हजार रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस दिएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा १ अर्ब २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको लक्ष्मी बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्