विद्युत प्राधिकरणका कर्मचारी घुस लिदालिदै पक्राउ

नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुस रकम सहित पक्राउ परेका छन्।

नेपाल विद्युत प्राधिकरण जलेश्वर, महोत्तरीमा कार्यरत रहेका लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

थ्री फेज मिटर जडानको लागि भनेर उनीहरुले सेवाग्राहीसँग तिसहजार रुपैया लिएका थिए।

प्रतिक्रिया दिनुहोस्