अर्थतन्त्रमा सकारात्मक संकेत देखियो, अब सेयर मार्केट बढ्छ: अर्थमन्त्री महत
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताएका छन्। आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सेयर मार्केटको गिरावट अस्थायी भएको बताउँदै अब बढ्ने बताए।
सेयर मार्केटको गिरावट अस्थायी हो। अहिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन्। जस्तो– पर्यटकको संख्या बढेको छ, यसले होटेल र सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ,” संसद्मा बोल्दै अर्थमन्त्री महतले भने, “बजेट खर्च हुन थालेको छ। मौद्रिक नीतिले वर्किंग क्यापिटलमा सुधार आएको छ। सेयर मार्केटमा केही प्रतिबन्ध खुकुलो र सहजता गर्नुपर्छ भन्ने माग आइरहेको छ, त्यसलाई पनि यथोचित सम्बोधन हुनेछ।
“मौद्रिक नीतिले पहिलाको प्रतिबन्धित नीतिलाई खुकुलो गरेको हुनाले यो (सेयर मार्केटको) ट्रेन्ड बढ्छ। र, अर्थतन्त्र चलायमान भएपछि पनि सेयर मार्केट बढ्छ,” सेयर मार्केटमा घाटा व्यहोरेका लगानीकर्ताले अब, नाफा कमाउँ विश्वास व्यक्त गर्दै उनले भने, “आम नागरिकले गरेको लगानीको भाउ अहिले घटेको छ। र, अब फेरि त्यसको भाउ बढेर नाफा हुने कुरामा म पूरै विश्वास गर्न चाहन्छु।
प्रतिक्रिया दिनुहोस्