दार्चुलमा जीप दुर्घटना एकको मृत्यु, एक गम्भीर घाईते

आइतबार विहान दार्चुलाको दत्तु भन्ने ठाउँमा जीप दुर्घटना भएको छ ।
दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट मालिर्जुनका लागि छुटेको से १ ज ५९६ नम्बरको जीप महाकाली राजमार्गमा दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् ।
मृत्यु हुनेको आजै सनाखत भएको छ मृत्यु हुनेमा महाकाली नगरपालिका–६ धापका २५ वर्षीय नवराज वडु गाडी शाहु र घाइते हुनेमा चालक लगभग २३ वर्षका देवराम कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
घाइते कोलीको उपचारको लागि जिल्ला अस्पतालमा सम्भव नभएका कारण थप उपचारका लागि कोहलपुर पठाइएको छ ।
द्रुत गतिमा गुडिरहेको जीप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । जीपमा २ जना मात्रै सवार रहेको बताइएको छ ।
महाकाली राजमार्ग अन्तर्गत पर्ने सडकखण्डको बेतखोला नजिक जीप सडकबाट झण्डै ८० मिटर तल खसेको प्रहरी निरीक्षक चन्दले बताए ।

 

प्रतिक्रिया दिनुहोस्