सन्दीपको मुद्दाको सुनुवाइ न्यायाधीश शकुन्तला कार्कीको इजलासमा, फैसला आउन सक्ने
काठमाडौं, भदौ २१ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार काठमाडौं जिल्ला अदालतमा हुँदैछ।
लामिछानेको मुद्दाको सुनुवाइ न्यायाधीश शकुन्तला कार्कीको इजलासमा हुन लागेको हो।
लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दा फैसलाका लागि बिहीबारलाई पेसी तोकिएको छ।कार्कीको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो।
यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि आजलाई पेसी तोकिएको हो।
बिहीबार अन्तिम बहस सकिएमा फैसला आउने सम्भावना छ। सन्दीपले एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ।
ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०८९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। त्ययसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।















प्रतिक्रिया दिनुहोस्