नेपाल बङ्गलादेश बैंकले वितरण गर्यो १२ प्रतिशत बोनस
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस सेयर वितरण भएको छ । बैंकले सभाका लागि बुकक्लोज भन्दा पहिले सेयर अभौतिकिकरण गरेका सेयरधनीको बोनस चैत २३ गते सेयरधनीहरुकै डिम्याट खातामा पठाएको हो ।
बुकक्लोज पश्चात सेयर अभौतिकिकरण गर्ने सेयरधनीको बोनस सेयर हितग्राही नम्बर प्राप्त भएपछि क्रमशः डिम्याट खातामा पठाउने बैंकले जनाएको छ ।
साथै, बैंकको २३ औं बार्षिक साधारण सभाले पारित गरेको ३ प्रतिशत नगद लाभांश पनि सोझै सेयरधनीको बैंक खातामा जम्मा हुने जनाउँदै बैकले सेयरधनीलार्इ आफ्नो हितग्राही खातामा बैंक खाता विवरण अधावधिक गराउन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्