सुनको मूल्य आकासियो, प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार

काठमाडाैं। सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले बढेको छ ।  आज सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नयाँ वर्ष लागे यता सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।  तेजावी सुन भने  प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्