उम्मेदवारी दर्ता सुरु । निर्वाचन आयोग

काठमाडौं । आगामी मंसिर १० गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आज आइतबार विहानै १० बजेदेखि मनोनयन दर्ता सुरु भएको छ ।

पहिलो चरणमा चुनाव हुने विभिन्न ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपुर्ण ढंगले सुरु भएको आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ वटा निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ताको फारम लगेर फारम भर्ने प्रकृया पुरा गरि उम्मेदवारी दर्ता गर्ने क्रम समेत सुरु भएको निर्वाचन आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्