सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय पुग्यो

काठमाडौं, भदौ १७ ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ तोकिएको छ।

साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला एक सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार चार सय ६० तोकिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्