अर्बपति जर्ज सोरोजले ८० प्रतिशत सम्पत्ति ओपन सोसाइटी फाउन्डसनलाई हस्तान्तरण

काठमाडौं । अर्बपति जर्ज सोरोजले आफुसंग भएको सम्पत्तिको ८० प्रतिशत सम्पती आफूले स्थापना गरेको संस्था ओपन सोसाइटी फाउन्डसनलाई दान दिएका छन् । द वाल स्ट्रिट जर्नलले मंगलवार जनाएअनुसार उनले १८ अर्ब अमेरिकी डलर ओपन सोसाइटी फाउन्डेसनका नाममा हस्तान्तरण गरेका छन् ।
ओपन सोसाइटी फाउन्डेसनले करिब सय भन्दा बढी मुलुकमा शरणार्थीहरुको उद्धार, जनस्वास्थ्य क्षेत्र लगायत विभिन्न क्षेत्रमा कार्यरत रहेको समाचारमा जनाइएको छ । फोर्बस्को सूचीअनुसार कुल सम्पत्ति २३ अर्ब डलर बराबर भएका सोरोज संसारका २९ औं धनीमध्येका हुन् ।
द वाल स्ट्रिट जर्नलका अनुसार सोरोजले सन् १९७९ देखि दान दिन थालेका हुन् र अहिलेसम्म १२ अर्ब डलर दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्