यातायात क्षेत्रको ‘सिन्डिकेट’विरुद्ध कठोर बन्यो सरकार, मन्त्रिपरिषद निर्णय यस्तो छ

काठमाडौं । सरकारले यातायातसँग सम्बन्धित सबै संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमा नगर्नरनगराउन निर्देशन दिएको छ ।

सरकारको यो निर्णयसँगै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका त्यस्ता सबै संस्थाको दर्ता खारेज हुने अवस्था आएको छ ।

‘सिन्डिकेट’विरुद्ध कठोर बन्दै मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अब त्यस्ता संस्थाहरुले कम्पनी वा सम्बन्धित मन्त्रालयको संरचनामा दर्ता गर्नुपर्ने निर्णय पनि गरेको सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

हाल देशभर रहेका सबैजसो यातायात समिति संस्था दर्ता ऐन २०३४ अनुसार गैरसरकारी संस्थाकारुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्