वैशाख १२ देखि खुल्ने भयो नेपाल सेवा लघुवित्तको आईपिओ

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ जारी गर्ने भएको छ । लघुवित्तले यहि वैशाख १२ गतेदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) जारी गर्ने भएको हो । लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गर्न लागेको हो ।

एक लाख ८० हजार कित्तामध्ये दुई प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले एक लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

लघुवित्तले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।
आइपिओमा वैशाख १२ गतेदेखि १६ गतेसम्म आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्