मिटर नचलाउन नमान्ने ट्याक्सीबिरुद्ध अभियान शुरु, एक घण्टामा नै २८ वटा ट्याक्सी कारवाहीमा

काठमाडौं। ललितपुर ट्राफिक प्रहरीले मिटर नचलाउन नमान्ने ट्याक्सीबिरुद्ध अभियान शुरु गरेको छ ।

आमाको मुख हेर्ने दिनमा ट्याक्सीहरुले मिटर अनुसार गन्तव्यमा जान नमानेको, मोलमलाई गरेको र अत्याधिक रकम माग गरेको उजुरी परेपछि ललितपुर ट्राफिक प्रहरीले मंगलबारबाट एक महिना लामो अभियान नै शुरु गरेको हो ।

आज बिहानबाट शुरु भएको अभियानमा एक घण्टामा २८ वटा ट्याक्सी कारवाहीमा परिसकेका छन् ।

यद्यपि, प्रहरीलाई अभियान सञ्चालन गर्न सहज नभएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले बताएका छन् । नियम अनुसार रिङरोडबाट दुई किलोमिटर बाहिरसम्म मिटर चलाउनु पर्ने अनिवार्य रहेको छ ।

सार्वजनिक यातायातमा साबिकभन्दा १ रुपैयाँ पनि बढी भाडा लिए ५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । तर, ट्याक्सीले १ सय रुपैयाँ पर्ने ठाउँमा ५ सयसम्म असुल्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्