आगामी असारभित्र मर्ज सम्पन्न गर्ने लघुवित्तलाई राष्ट्र बैंकको खुकुलो नीति
काठमाडौं , भदौ १ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको मर्जर र लाभांश सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।
लघुवित्त वित्तीय संस्था सम्बन्धि एकीकृत निर्देशीका जारी गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।
जस अनुसार मर्जमा गएका कारण एकल ग्राहक कर्जा सीमा नाघेका ऋणीको कर्जालाई साविक बमोजिमको भुक्तानी तालिका अनुसार सीमा भित्र ल्याउन पाइने छ । यस्तै मर्जर पूरा गरी २०८१ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने लघुवित्तहरुको लाभांश वितरणमा खुकुलो नीति लिइएको छ ।
वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको लाभांशको ५० प्रतिशत साधारण जगेडा कोष, ३५ प्रतिशत ग्राहक संरक्षण कोष र १० प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनु पर्ने व्यवस्था रहेकोमा सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनु नपर्ने छुट दिइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्