चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु,

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको राजधानी बेइजिङमा आजबाट महाधिवेशन सुरु भएको छ । उक्त महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

यो महाधिवेशनबाट बन्ने नयाँ नेतृत्वबाटै समग्र देश सञ्चालन हुने भएकाले यसमा विश्वव्यापी चासो छ ।

राजधानी बेइजिङसहित देशभर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी गरिएको छ ।

प्रतिनिधिहरु दुई हजारभन्दा बढी सहभागी रहेको यो भब्य महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले समाजवादसहित चीनको विशेषता नयाँ युगमा प्रवेश गरेको बताउनु भयो ।
यो देशमा भ्रष्ट«ाचार नियन्त्रण गर्नका लागि १० लाखभन्दा बढीलाई कारवाहीको दायरामा ल्याएको उहाँले उल्लेख गर्नुभयो । उहाँ सन् २०१२ मा राष्ट्रपति बनेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सबैभन्दा शक्तिशाली हुन्छ । र, त्यसमा रहने नेताहरुले नै सरकार सञ्चालन गर्छन् । यस पटकको पोलिटब्युरो पनि सधैंझैं यस महाधिवेशनलेनै तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्