पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ

काठमाडौँ , साउन ३१ । पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ परेका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

आज बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपियाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताएको छ । उनीहरुमाथि थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सोलार बत्ती जडानलगायतको योजनामा भुक्तानी गर्दा सेवाग्राहीसँग घुस रिस्वत लिइरहेको अवस्थामा यादवद्वयलाई आयोगको कार्यालय इटहरीको टोलीले राजविराज(३ बाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्