सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

काठमाडौं, साउन २८ । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् ।

ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

व्यावसायीहरुले विभागमा भने ताला लगाइदिएका छन् । ताला लगाएर धर्नामा बसेका व्यवसायीहरूलाई नियन्त्रणमा लिनुका साथै त्यहाँ भेला भएका निर्माण व्यावसाय सम्वद्ध व्यक्तिहरुलाई हटाइएको थियो ।

आफूहरुले गरेको कामको भुक्तानी दिन माग गर्दै निर्माण व्यावसायीहरुले आन्दोलन गर्दै आएका छन् ।

महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्