सरकारको प्रतिबद्धतासँगै निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

 

काठमाडौं, साउन २६ । निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन्।

आज सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् । मन्त्रीपरिषदबाट पारित शिक्षा विधेयक–२०८० विरुद्ध विद्यालय बन्द सम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले बताए ।

उनले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रस्तावित शिक्षा ऐन अघि बढाउने प्रतिवद्धता जनाएको बताए । उहाँले सरकारको आश्वासन अनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको बताए।

हाल कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्