एमाले–माओवादीले चुनाव सार्ने आशंका गरेको मुद्दाबारे सर्वोच्चले केहीबेरमा निर्णय गर्ने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार बिहान भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाडेर आफूलाई सहयोग गर्न आग्रह गरे।

यो संगै दिउँसो माओवादी केन्द्रले सरकार छाड्ने निर्णय पनि गर्यो। अध्यक्ष दाहालले सो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनबाटै गराए।

जुन कुराको जानकारीको लागि माओवादीका दुई मन्त्रीले दिउँसो पत्रकार सम्मेलनको आयोजना पनि गरेका थिए। माओवादीले सरकार छाड्ने निर्णय भने त्यो अघि नै प्रेसमा चुहिइसकेको थियो।

माओवादीले सरकार छाड्ने समाचार अनलाइनमा देखेर गृह मन्त्रालय पुगेका पत्रकार त्यो बेला छक्क परे जब गृहमन्त्री जनार्दन शर्माले सुरुमै आफूहरुले सरकार नछोड्ने जानकारी गराए। निर्वाचननै सार्ने कुरा आएपछि हामीले सरकार नछाड्ने निर्णय गर्यौँ ।’ शर्माले भने। निर्वाचन सार्ने कुरा आयोगबाट आफूले सूचना पाएको दाबी समेत गरे

निर्वाचन आयुक्त प्रमुख अयोधीप्रसाद यादवले हिजै निर्वाचन सार्ने कुनै सम्भावना नरहेको र आफूहरुले त्यस्तो सूचना हामीले कसैलाई नदिएको जानकारी गराए ।
त्यसो भए अन्तिम समयमा आएर माओवादी सरकार छोड्ने निर्णयबाट किन पछि हट्यो भन्ने अझै रहस्यमय छ।
तर कतिपयले मंगलबार दिउँसो सर्वोच्च अदालतले गरेको एउटा निर्णयले माओवादी र एमाले झस्किएको बताएका छन्।

त्यही कारण माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली आपसी परामर्शपछि माओवादीले सरकार नछोड्ने निर्णयमा पुगेको उनीहरुको जिकिर छ।

सर्वोच्चले हिजो गरेको त्यो निर्णय थियो– राजपा नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको मुद्दामा बुधबार फैसला सुनाउने।
नेता शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई यही असोज २२ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई वटा बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए।

उक्त निवेदनमाथि यही असोज २४ गते सुनुवाइ भएर कारण देखाउ आदेश जारी गरी मंगलबारका लागि छलफलमा बोलाइएको थियो। सो मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार सुनुवाइ सकेको थियो।
यही  मुद्दामा आज ११ बजे पछि फैसला आउने सर्वोच्च स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्