नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभागमा माछापुच्छ्रे बैंक लि. को क्यु. आर. कोड सेवा

काठमाडौं , २१ साउन । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभाग, बालुवाटारमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्यु. आर. कोसेवा सञ्चालनमा ल्याएकोछ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनीज्यू एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाज्युले संयुक्त रुपमा हस्ताक्षर गरि मिति २०८० श्रावण २१ गते देखि सुरुवात गर्नुभएको हो । उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्युआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्