काठमाडौंको बसुन्धारामा एक महिलाको हत्या

काठमाडौं । काठमाडौंको बसुन्धारा नजिकै एक महिलाको हत्या भएको छ ।

टोखा नगरपालिकामा अन्दाजी ३५ वर्षीया महिलाको गएराति साढे ९ र १० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने महिलाको पहिचान हुन सकेको छैन ।

उनको शरीरमा चोट लागेकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्