फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं, साउन १६ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो ।
प्रतिक्रिया दिनुहोस्