सर्वोच्च अदालतद्वारा नौ महिनामा आठ हजार ३२४ मुद्दा फर्स्योट

काठमाडौं  । सर्वोच्च अदालतले नौ महिनामा आठ हजार ३२४ मुद्दा फर्स्योट गरेको विवरण सार्वजनिक गरेको छ ।आइतबार अदालतमा पत्रकार सम्मेलन गरेर अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले साउनदेखि चैतसम्म आठ हजार ३२४ मुद्दा फर्स्योट गरेको बताए ।

आइतबारदेखि सर्वोच्चमा नियमित पत्रकार सम्मेलन सुरु भएको छ । उनले गत वर्षभन्दा यो वर्ष मुद्दा फर्स्योट बढेको बताए । गत वर्ष २७ हजार ९२९ मुद्दामा २९.८ प्रतिशत मात्र मुद्दा फर्स्योट भएको उनले बताए ।

विसं २०७४ भन्दाअघि २१ हजार १७३ मुद्दा र विसं २०७४ मा छ हजार ७५६ मुद्दा सर्वोच्चमा परेका थिए । उनले अतिरिक्त समयमा न्यायाधीशले काम गरेको र एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा ल्याएर सुनुवाइ गर्दा मुद्दा बढेको बताए ।
उनका अनुसार अझै १९ हजार ६०५ मुद्दा फर्स्योट गर्न बाँकी रहेको छ । अदालतमा गत वर्ष दुई वर्ष नाघेका चार हजार ४३१ र पाँच वर्ष नाघेका एक हजार २२६ मुद्दा फछ्र्यौट गरिएको छ, जसको प्रतिशत क्रममा ३३.९६ प्रतिशत र ३५.५४ प्रतिशत रहेको छ । आजको कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्