कोशी प्रदेश सरकार गठनविरुद्धको बहस सकियो, आजै आदेश आउने

काठमाडौं। साउन ११। कोशी प्रदेश सरकार गठन विरुद्धको रिटमा बिहीबार बहस सकिएको छ।

त्यससम्बन्धी फैसला आजै आउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस भएको हो।

यसअघि तीन दिन भएको बहस नटुंगिएकाले आजका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

सोमबार न्यायाधीश सुष्मातला माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्