कोशी प्रदेश गठनविरिुद्धको रिटमा सकिएन बहस, बुधबार पनि सुनुवाइ हुने

काठमाडौं, साउन ९ । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतमा पूर्ण इजलासमा बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको प्रवक्ता बिमलप्रसाद पौडेलले जानकारी दिए।

सोमबार न्यायाधीश सुष्मातला माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो।

बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगगलबार बहस भएको थियो।

बुधबार रिट निवेदक हिक्मत कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य, टिकाराम भट्टराई, बद्रिबहादुर कार्की लगायतले बहस गरेका छन्।

यस्तै, सरकारको तर्फबाट महान्यायाधीवक्ता दीनमणी पोखरेलसहित सरकारी वकिलहरुले बहस गरेका छन्। अन्य प्रतिवादीको तर्फबाट बहस बाँकी रहेकाले भोलि पनि सुनुवाइ हुने भएको छ।

कांग्रेस सांसद उद्धव थापाले सभामुखको समेत हस्ताक्षरमा मुख्यमन्त्री दाबी गरेको र सोही आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको भन्दै एमालेका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

यसअघि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै छिटो टुंगो लगाउनेगरी सबै कागजात झिकाएको छ।

प्रतिक्रिया दिनुहोस्