सशस्त्र प्रहरी समय सापेक्ष र पद्धती अनुसार अगाडि बढ्छः महानिरीक्षक खनाल

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी बलमा विगतका विधि र प्रक्रियालाई समयसापेक्ष परिस्कृत गर्दै संगठन एउटा पद्धती अनुसार अगाडी बढ्ने बताउनु भएको छ । उहाँले कार्यक्षेत्रमा जसले राम्रो काम गर्छ उसैको वृत्तिविकास हुने कुरामा जोड दिनुभयो ।

राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. २ गणपति तालिमको समापन कार्यक्रममा बोल्नु  हुँदै महानिरीक्षक खनालले कमाण्डर भएर फिल्डमा खटिदा मातहतका कर्मचारीको परिचालन तथा आवश्यक रणनीति तयार गर्दै उपलब्ध साधनश्रोतको अधिकतम उपयोग गरी राष्ट्र र नागरिकको हितमा काम गर्ने बताउनु भयो । उहाँले उत्कृष्ट भूमिका निर्वाह  गर्न सक्ने धैर्यवान, व्यावसायिक, इमान्दार एवं कर्तव्यनिष्ठ अधिकृत उत्पादनमा यो तालिम परिलक्षित रहेको उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बैशाख २ गते आयोजित तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक किरण बस्नेत सर्वप्रथम भएका छन भने रिसर्च पेपरतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक सुर्यबहादुर सेन वली उत्कृष्ट ठहरिएका छन् । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कमाण्डर तहका अधिकृतहरुलाई व्यावसायिक क्षमतायुक्त सक्षम र दक्ष बनाउँदै उनीहरुको वृत्तिविकासमा टेवा पु¥याउने अभिप्रायले गणपति तालिम संचालन गरिएको बताउनुभयो ।

विगतका विधि र प्रक्रियालाई समयसापेक्ष परिस्कृत गर्दै संगठन एउटा पद्धती अनुसार अगाडी बढ्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो–‘संगठनका कामकारवाहीहरु विधिले संचालन हुनेछन्, कार्यक्षेत्रमा जसले राम्रो काम गर्छ उसैको वृत्तिविकास हुन्छ ।’ उहाँले कमाण्डर भएर फिल्डमा खटिदा मातहतका कर्मचारीको परिचालन तथा आवश्यक रणनीति तयार गर्दै उपलब्ध साधनश्रोतको अधिकतम उपयोग गरी राष्ट्र र नागरिकको हितमा उत्कृष्ट भूमिका निर्वाह  गर्न सक्ने धैर्यवान, व्यावसायिक, इमान्दार एवं कर्तव्यनिष्ठ अधिकृत उत्पादनमा यो तालिम परिलक्षित रहेको उल्लेख गर्नुभयो ।

सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा संगठनको नीतिनिर्देशन एवं म्याण्डेटभित्रको कार्यलाई त्रुटिरहित ढंगबाट पुरा गर्न सक्ने नेतृत्व क्षमता, कार्यकुशलता र दक्षता अभिवृद्धिका लागि यस किसिमको तालिम ज्यादै उपयोगि रहेको चर्चा गर्नुभयो ।  उहाँले दक्ष जनशक्ति उत्पादनका लागि संगठनले लिएको उद्देश्य परिपूर्तिमा केन्द्रित रहि प्रतिष्ठानले विभिन्न किसिमका प्रशिक्षण कार्यलाई प्रभावकारी ढंगबाट संचालन गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै व्यावसायिक रुपमा सक्षम अधिकृत तयार गर्ने लक्ष्यकासाथ सम्बन्धित क्षेत्रका विज्ञहरुद्वारा प्रशिक्षण प्रदान गरिएको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्