आईजिपी खनालको निर्देशन : ‘गुन्डागर्दी गर्नेहरुसँग उठबस नर्गनुस्’

काठमाडौं । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले कुनै लोभ, लालचमा नपरी काम गर्न प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

महानिरीक्षकमा बढुवा भएको ५ दिनपछि उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई ब्रिफिङ गर्दै खनालले इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन दिएका हुन् । साथै, उनले लोभ, लालचमा पर्ने कसैलाई पनि नछाड्ने समेत बताए ।

आइतबार प्रहरी क्लब, भृकुटीमण्डमा भएको ब्रिफिङमा आईजीपी खनालले भने, ‘अहिले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको छ, यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुस् ।’

उनले गुन्डागर्दी गर्नेहरुसँग समेत उठबस नगर्न निर्देशन दिँदै प्रहरीको छवि सुधार्नका लागि इमान्दारिता देखाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्