अबदेखि उपत्यकामा जथाभावी विरोध प्रदर्शन गर्न नपाइने, सरकारले तोक्यो ६ ठाउँ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जथाभावी हुने विरोध तथा प्रदर्शनका कार्यक्रममा अंकुश लगाउने तयारी गरेको छ ।
वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले तोकेको ठाउँमा मात्रै विरोध तथा प्रदर्शनका कार्यक्रम गर्न पाइने भएको हो ।
गृह मन्त्रालयको निर्देशन अनुसार वैशाख १६ गतेदेखि लागू हुनेगरी काठमाडौंका सातओटा ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले प्रष्ट पारेको छ ।
अबदेखि काठमाडौंका खुलामञ्च, तीनकुने खुलाचौर–कोटेश्वर, भुँइखेलचौर–भगवान पाउ, पेप्सीकोलाको खेल मैदान, सानो गौचरणको फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुला ठाउँ र सिफलचौर–गौशालामा मात्रै विरोध प्रर्दशन गर्न पाइनेछ । गृह प्रशासन सुधार कार्ययोजना अन्तर्गत विरोध प्रदर्शनका लागि स्थान तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्