नारायणगढ–मुग्लिन सडक आजबाट पुनः ६ घण्टा बन्द

काठमाडौं। नयाँ वर्षको अवसरमा शनिबार खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक खण्डमा दिउँसोको सवारी आवागमन पुनः आजबाट बन्द हुने भएको छ।

सडक विस्तारको क्रममा दिउँसोमा यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडकमा नयाँ वर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आजबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पुनः सवारी साधन बन्द गरेर काम गरिने भएको हो।

आवागमन बन्द हुँदा यात्रुले लामो समयसम्म सडक जाम झेल्नुपर्ने बाध्यता छ।

सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारीखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्