बैंकिङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ

काठमाडौं, साउन १ ।  लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको छ।

लुम्बिनी प्रदेशको पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यादवविरुद्ध जिल्ला अदालत रुपन्देहीमा बैंकिङ कसुर मुद्दा परेको थियो। उनले रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई १२ लाख बराबरको चेक दिएका थिए। उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको हो।

प्रतिक्रिया दिनुहोस्