आजदेखि नयाँ आर्थिक वर्ष सुरु, नयाँ करहरु लागु हुँदै

काठमार्डौं, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष ०८०÷८१ सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदैछन् । जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन्। आयकर ऐन २०५८ मा भएको संशोधन साउन १ देखि लागु हुँदै छ।

यसअघि २० लाखभन्दा माथिमा ३६ प्रतिशत कर लाग्थ्यो। तर, अब आजदेखि वार्षिक ५० लाखभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने भएको छ। त्यस्तै नयाँ आर्थिक वर्षदेखि पहिलोपटक विलासिता शुल्क कार्यान्वयनमा आउने भएको छ। अब पाँचतारे होटेल वा त्यसभन्दा माथिका होटेल तथा रेस्टुरेन्टले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाइएको छ। साथै १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि विलासिता शुल्क लाग्नेछ।
गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेलगत्तै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्