आजबाट देशभर मतदाता नामावली संकलन तथा अद्यावधि सुरु

काठमाडौं। निर्वाचन आयोगले आजदेखि देशभर मतदाता नामावली संकलन सुरु गर्दै छ । आजदेखि सम्पूर्ण क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन सुरु गरिन लागिएको निर्वाचन आयोगले जनाएको छ ।

नामावली अन्यत्र सार्ने, विवरण सच्याउने र नामावलीबाट नाम हटाउने भए निवेदन दिएर अध्यावधिक गर्न मतदातालाई आयोगले आग्रह गरेको छ ।

स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै आयोगले नयाँ नामावली संकलन तथा अद्यावधिक गर्न संकलन सुरु गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्