भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं, असार ३१ ।   भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा छ । समग्रमा निगम पेट्रोलियम पदार्थमा पाक्षिक रुपमै करिब १ अर्ब नाफामा छ ।

भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ । सो अनुसार नेपालमा मूल्य समायोजन गर्नुपर्ने भए पनि निगमले समायोजन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्