पहिलो राष्ट्रिय आर्थिक गणना आजबाट देशैभर सुरु ,गणनाले मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने विश्वास

काठमाडौ ।  नेपालमै पहिलो पटक हुन लागेको राष्ट्रिय आर्थिक गणना आजबाट सुरु हुँदैछ । देशका ७७ वटै जिल्लामा एकैपटक आजबाट गणना सुरु गर्न लागिएको केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिनुभयो ।

संघ, प्रदेश तथा स्थानीय तहमा रहेका प्रतिष्ठान तथा व्यवसायहरुको व्यावसायिक क्रियाकलाप सम्वन्धी वर्तमान अवस्था जानकारी लिने उद्धेश्यले गणना थालिएको अर्यालले बताउनुभयो । तथ्याङ्क सङ्कलनका लागि देशैभरि तीन हजार पाँंच सय जनशक्ति परिचालन गरिएको छ ।

तथ्याङ्क सङ्कलनपछि यसको प्रशोधन, सार्वजनिकीकरण लगायतका पाँंच वर्षे यो योजनाका लागि झण्डै ४० देखि ५० करोड खर्च हुने अनुमान गरिएको अर्यालले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगको सचिवालयको संयोजनमा जिल्ला स्थित आर्थिक गणना कार्यालयहरुले आर्थिक अभिलेख चुस्त राख्न उद्योग, प्रतिष्ठान तथा व्यवसायहरुको संकलन कार्य सुरु गरेका हुन् । आर्थिक गणनाले मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्