घोराही सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदै, सबैले सेयर पाउने
काठमाडौं, असार ३१ । घोराही सिमेन्टको आइपीओ आज दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार नारायणचौर, नक्सालस्थित आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ जारी गरेको थियो ।
फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएको थियो । असार २५ गते बिक्री बन्द हुँदासम्म घोराहीको आइपीओमा ६ लाख ७३ हजार ८३९ जना आवेदकको आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
यसआधारमा आइपीओमा आवेदन दिएका सबै आवेदकले न्यूनतम १० कित्ता र केहीले सोभन्दा बढी नै सेयर पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्