कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा
काठमाडौं , असार २४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट ‘हेर्न नभ्याइने’ मा परेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए । डिभिजन बेञ्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका हुन् । कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक भएको भन्दै नेकपा एमाले कोशी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्