अर्थतन्त्रका समस्या भाषण गरेर मात्रै समाधान हुँदैनन्ः ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौँ , असार १९ । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरु भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद कार्कीले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए।
सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताए। उनले आयात घट्दा अर्थतन्त्रमा समस्या आएको विषयमा सरकारले समीक्षा गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताए।
सांसद कार्कीले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पुर्याएको भन्दै कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताए।
उनले रेमिट्यान्सको स्थायी समाधानका निम्ति सरकारले केही दीर्घकालीन सोच बनाउन जरुरी रहेको बताए। उनले सरकार र अर्थमन्त्री गम्भीर नभइ अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरे पनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताए।
प्रतिक्रिया दिनुहोस्