नेपाल राष्ट्र बैंकद्वारा ब्यक्तिगत कर्जामा स्थीर ब्याजदर लागू गर्न निर्देशन
काठमाडौं , असार १५ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ब्यक्तिगत कर्जाको ब्याजदर स्थिर राख्न भनको हो । निश्चित आय भएका व्यक्तिलाई परिवर्तनशील ब्याजदर लागू गर्दा उनीहरुको आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने भन्दै राष्ट्रबैंकले स्थिर ब्याजमा कर्जा उपलब्ध गराउन भनेको हो ।
स्थिर ब्याजदरमा कर्जा दिंदा निर्धारित अवधिमै कर्जा उठाउन सकिने र निश्चित आय भएका व्यक्तिहरुको वित्तीय अवस्थामा नकारात्मक असर समेत नपर्ने पनि राष्ट्रबैंकको भनाइ छ ।
यस्तै, राष्ट्र बैंकले ब्याजदरका सर्तहरु बुझेर मात्र कर्जा उपयोग गर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्