असारबाट अनलाइन टेड्रिङको परीक्षण, श्रावणदेखि पूर्ण रुपमा संचालनमा आउने

काठमाडौं । अनलाइन कारोबार (अनलाइन ट्रेडिङ) को परीक्षण असारबाट र श्रावणदेखि पूर्ण रुपमा संचालनमा आउने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सका प्रमुख कार्यकारी अधिकृत चन्द् सिंह साउदले स्वचालित अनलाइन कारोबार (अनलाइन ट्रेडिङ) को परीक्षण असारबाट र श्रावणदेखि पूर्ण रुपमा संचालनमा आउने बताए ।

उनले सम्झौता अनुसार अनलाइन कारोबार प्रणालीको जडान जेठसम्म पुरा हुने भएकाले परीक्षण असारबाट र श्रावणदेखि पूर्ण रुपमा संचालन आउने बताए ।

नेप्सेले वाइको प्रालिसँगको साझेदारीमा उक्त प्रणाली निर्माण गरिरहेको छ । जम्मा १६ ओटा मोडल रहने यो प्रणालीमा हालसम्म करीब १४ ओटा प्रणाली निर्माण भइसकेको छ । यो प्रणाली कार्यान्वयनमा आएपछि लगानीकर्ता दोस्रो बजार कारोबारका लागि ब्रोकरसम्म पुग्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्