काठमाडौंमा सबैभन्दा महंगो जग्गा न्यूरोड र दरबारमार्गमा, कुन क्षेत्रमा कति ?

काठमाडौं, असार ११ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको जग्गाको मूल्यांकन सबैभन्दा बढी गरेको छ। आर्थिक विधेयक २०८० अनुसार इन्द्रचोक, खिचापोखरी , धरहरासम्मको मुल सडकक जोडिएको जग्गाको मुल्य प्रतिआना ५० लाख तोकेको हो।

ठमेल, क्षेत्रपाटी, हनुमानढोका, असन, भोटाहिटी, नाचघर, माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, हात्तीसार, दरबारमार्ग, बागबजारका मुलसडकको प्रतिआना ५० लाख निर्धारण गरेको छ।

अनामनगर, हनुमानस्थान, थापा गाउँ, गौशालाबाट रातोपुल हुँदै कृष्णपाउरोटीसम्मको २८ लाख रुपैयाँ तोकिएको छ।

काठमाडौं महानगरले बाटो नभएका र च वर्गका जग्गा ४ लाख रुपैयाँ मुल्यांकन गरेको छ। बाटो नभएकै क वर्गका जग्गाको २० लाखसम्म गरिएको छ।

चाबहिल चोकको पिपलबोट हुँदै गौरीघाट चोकसम्म, महांकाल, जोरपाटी सडकको १३ लाख रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्