टोखा नगरपालिकाको बजेट एक अर्ब ८८ करोड

काठमाडौं, असार १० । काठमाण्डौको टोखा नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कला संस्कृतियुक्त स्वच्छ, समुन्नत टोखा नगर भन्ने मूल नाराका साथ ल्याएको बजेटमा खेतबारीमा प्राविधिक परिचालनदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरणसम्मका कार्यक्रम समेटिएका छन् ।

कृषि र पशुपालन व्यवसाय सुधारलाई प्राथमिकतामा राखिएको बजेटमा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन, सहकारीमा रहेको बचतकर्ताको बचतको सुरक्षा, नगर बस सञ्चालनलगायतका कार्यक्रम आउँदो आर्थिक वर्षको बजेटमा समेटिएका छन् । एक वडा एक पार्क, एक वडा एक सार्वजनिक शौचालय, एक वडा एक खुला व्यायामशालालगायतका कार्यक्रमलाई पनि टोखा नगरपालिकाले प्राथमिकता दिएको छ ।

नगरपालिकाका कर्मचारीलाई १० दिन पर्यटन काजमा खटाउने, नगरपालिकामा आउने उजुरी फर्छ्योट दर शतप्रतिशत पुर्‍याउनेलगायतका कार्यक्रम पनि बजेट वक्तव्यमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्