नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं, ८ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । असार ६ गते दुबै लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दुबै कम्पनीको सम्पत्ति,दायित्व तथा कारोबारको मूल्यांकन पश्चात शेयर स्वाप रेसियो निर्धारण भैसकेको छ । दुबै लघुवित्तको संयुक्त बैठकले शेयर आदान प्रदान अनुपात १ः०।७३ अर्थात नेशनलको १०० कित्ता शेयर बराबरको समीट लघुवित्तको ७३ कायम गरेको हो ।
मर्जर सम्बन्धी प्रारम्भिक सम्झौताको तुलनामा डिडिए पश्चात स्वाप रेशियो घटेको हो । प्रारम्भिक सम्झौता अनुसार १ः०।८२ स्वाप रेशियोमा कायम रहेको थियो ।
दुई लघुवित्तबीच असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो भने राष्ट्र बैंकले मर्जरमा जान पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
दुबै लघुवित्तको असार ३ गतेसम्म विषेश साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो ।
मर्जरपश्चात संस्थाको प्रमुख कार्याकारी अधिकृत नेशलन माईक्रोफइानान्सका प्रमुख राम बहादुर यादव हुने सैद्धान्कि सहमती भएको छ ।
प्रतिक्रिया दिनुहोस्