नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं , असार ७ । सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खोलिदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार अन्तरिम आदेश नहुने आदेश गरेको छ ।

सर्वोच्चको यो आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन कार्यान्वयनको बाटो खुलेको छ ।

अघिल्लो संसदबाट पास भएर प्रमाणीकरणका लागि पठाएको विधेयक पछिल्लो संसद र त्यसबाट निर्वाचति राष्ट्रपतिले प्रमाणीकरण गरेको कारण त्यो कानुनसँग बाझिएको भन्दै सर्वोच्चमा रिट पुगेको थियो ।

सर्वोच्चको आदेशसँगैर गैरआवासीय नेपाली र जन्मसिद्धका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ।

 

प्रतिक्रिया दिनुहोस्