घट्यो सुनको मुल्य, आज कतिमा कारोबार ?

काठमाडौं, असार ६ । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ। आज तोलामा ८ सयले घटेर प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्