कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं, असार १ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पूँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।
कर्णालीमा भौतिक पूर्वाधार, यातायात र शहरी विकासका लागि १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा सांसद विकास कोषले पनि निरन्तरता पाएको छ । सांसद विकास कोषका लागि एक अर्ब ३६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस्