प्राइम लाइफ इन्स्योरेन्सको हकप्रद भर्ने अब ३ दिन बाँकि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले २०७४ फाल्गुन २७ गते देखि १ः१.६ को अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आबेदन दिने अब तीन दिन मात्र बाँकि रहेको छ । हकप्रद निष्कासन बन्द हुने मिति बैशाख २ गते रहेको छ । कम्पनीले रू. १०० अंकित मूल्यका दरले ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन प्रयोजनका लागि मिति २०७५ फाल्गुन १७ गते कारोबार बन्द गरिएको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले सिद्धार्थ क्यापिटल लगायत प्राइम लाइफ इन्स्योरेन्सका शाखा कार्यालय र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी ६१ करोड २ लाख रहेको छ । हकप्रद पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्