नागरिकता विधेयक प्रमाणीकरणको फाइल र मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश

काठमाडौँ- नागिरकता विधेयक प्रमाणीकरणबारेको रिटमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाका संयुक्त इजलासले नागरिकता विधेयक प्रमाणीकरणबारे मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिबाट भएको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको हो ।

यस रिटको अर्को पेशी आगामी मंगलबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्