जीप दुर्घटना, १ को मृत्यु, गम्भीर घाइतेको संख्या ८

काठमाडौ। आज विहान नवलपरासीको बुलिंगटार गाउँपालिकास्थित सिमार्दी भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । बिहान ७ बजे ग १ ज ५३३७ नं.को जिप भारतीपुरबाट दलदलेतर्फ आएको थियो । उक्त जिप कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको मृत्यु र ८ जना भने गम्भीर घाइते भएका छन् ।

बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका– ५ र ६ को बीचमा पर्ने सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका त्यसै गाउँपालिका–६का वडाध्यक्ष सूर्यबहादुर राना मगरले जानकारी दिएका थिए । मृतकको भने अहिलेसम्म सनाखत हुन सकेको छैन ।

घटनास्थल दलदलेबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पहाडको खोंचमा रहेकाले घाइतेहरुलाई उद्धार गर्न कठिनाई भइरहेको र अहिले उद्धार गर्ने काम भइरहेको वडाध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिए ।

उक्त स्थानमा अहिलेसम्म प्रहरी पुग्न सकेको छैन, स्थानीयहरुले उद्धार कार्यमा सहयोग गरिरहको अध्यक्ष राना मगरले बताए । जिल्ला प्रहरी कार्यालयले जनाए अनुुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्