नवनियुक्त प्रहरी महानिरीक्षकद्वय सर्वेन्द्र र शैलेन्द्रले लगाए दर्ज्यानी चिह्न

काठमाडौँ  । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिह्न लगाएका छन्।

बिहीबार बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्।
दज्र्यानी चिह्न पाएसँगै दुवै आइजीपीले आजैदेखि कार्यभार सम्हाल्ने छन्।

मन्त्रिपरिषदको मंगलबारको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्रको महानिरक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो।

यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।

उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्