महालेखा परीक्षकले आज राष्ट्रिपतिलाई वार्षिक प्रतिवेदन बुझाउदै

काठमाडौ। महालेखा परीक्षकको कार्यालयले ‘वार्षिक प्रतिवेदन–२०७४’ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गर्ने भएको छ ।
नेपालको संविधानको धारा २९४ मा चैत मसान्तभित्रै राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ । महालेखाका प्रवक्ता उद्धव चन्द्र श्रेष्ठका अनुसार तीन चरणमा लेखा परीक्षकहरू खटाएर लेखापरीक्षण गरिएको थियो ।

संघीय संरचनाअनुरूप सरकारले थपेका गाउँपालिका तथा नगरपालिकाहरूको समेतको लेखापरीक्षण गर्दा यो वर्ष लेखा परिक्षण गराउने कार्यालयहरुको संख्यामा समेत वृद्धि भएको छ ।

संविधानको धारा २४१ बमोजिम सरकारी तथा सार्वजनिक संस्थाहरूको लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्दै आएको छ । संविधानमा संघीय र प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, स्थानीय तह तथा कानूनद्वारा तोकिएका अन्य संस्थाको समयमै लेखापरीक्षण गर्ने अधिकार उक्त कार्यालयलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्